Views from Clients
TESTIMONIALS
किरण खरेल सर हजुरले संचालन गरेको कृसिबन श्रोतकेन्द्र बास्तबमा हामी कृषि बिधामा काम गर्नेका लागि बरदान साबित भएको छ किनभने-
(१) हामिले फोन गर्दा फोनमै बर्सौ लगाएर सिकेका सीप र अनुभव निसुल्क बताइदिनुहुन्छ ।
(२) बीउ बिजन तथा बिरुवाको प्याकेजिङ र अत्यन्तै उत्कृष्ट छ।
(३) बिउको जातिय शुद्धता पनि अत्यन्तै सन्तोस जनक छ।
(४) सामाग्री पठाउदा रोप्ने तरिका र उमार्ने तरिका सङै सिकाउनु हुन्छ ताकी बिउहरु सकेसम्म उपयोग होउन ।
(५) हावापानी भुगोल अनुसार सुहाउने मात्र पठाउनु हुन्छ ।
निस्कर्स:-कुवाको पानी गाग्री मा ल्याएर खाने हरुले तपाइको पाइप लाइनको कुरा बुज्न समय लाग्नेछ ।तसर्थ सबैले म जस्तै धैर्य गर्न जरुरी छ यसको माने के हो भने कृषि तथा पसुपालन बिधा तत्काल प्रतिफल आउने बिधा होइन लामो समय पछि मात्र प्रतिफल आउँछ तर स्थाइ हुन्छ ।
Dipak Dahal
Langareche Agro Farm Chaubise Rural Municipality 8
Contact No.: 9852050057
श्री किरण खरेल, काभ्रेको कृषिवन श्रोत केन्द्र, पशु पन्छी पालक कृषिहरु समक्ष हरियो घाैसमा आधारित आहारा उत्पादनको लागि आवश्यक वीउ, विजन, बेर्ना आदिको लागि "ब्रान्ड Name" को रुपमा स्थापित भैसकेको श्रोत केन्द्र मध्येको एक हो। यस भन्नको लागि निम्न आधारहरु छन्।
- यस केन्द्रमा नेपालको भूगोलमा हुने (जुनसुकै, मौसम, जलवायु) उन्नत जातक गुणस्तरीय (रैथाने र आयातित दुवै) डाले घास, भुइँ घास, बहु
बर्षे, सिजनल, कोशे, आकोशे, सबै प्रजातिका वीउ वीजन र बेर्ना प्राप्त छन्। - प्राप्त वस्तुहरुको गुणस्तरीको आधारमा मूल्य कायम गरिएकोले उत्पादन र उभार शक्तिमा शंका गर्नु पर्दैन।
- यो श्रोत केन्द्र कृषक स्तरको एकमात्र अनुसन्धानात्मक श्रोत केन्द्र हो।
- किरणजी को लामो आनुभव, गहिरो अनुसन्धानका परिणामले गर्दानै हरियो घाैस वीउ वीजान र बेर्नाहरुको अभावलाई टार्न मद्दत पुगेको छ।
- उहाँको नविनतम प्रयोगले गर्दा देशभर आजै "सुपर नेपियर" लोकप्रिय बनेको छ।
- त्येसैले म र घाैस विकास संघले लामो समय देखि उहाँ संग सहकार्य गरिरहेको र उहाँको परामर्शबाट भरपुर फाइदा उठाउन सकिने
बिश्वाश गर्दै कृषिवन श्रोत केन्द्रको लोकप्रियता अझ दरिलो र दिगो होस् भन्ने कामना गर्दछु।
Gopal Dulal
Goras Green Pead and Resort Pvt. Ltd.
Gaindakot, Nawalparashi
Nepal Ghaus Bikash Sangh
Contact No.: 984389990