आज आफ्नै बिधा को “#चरन_घाँसेबाली_र_कृषिवन” सम्बन्धी छल्फल मा सहभागी भैयो जसमा पशुपंछी आहारा घाँस मा कसरी आत्मानिर्भर हुने र पशुपालनमा दाना संग को परनिर्भरता कसरी न्युनिकरण गर्न सकिन्छ भनी घनीभूत छलफल गरियो र अभाव र सीमितता का बावजूद पनि सबै निकाय मार्फत भए गरिएका र अब गर्ने काम कुरो बारे अत्याबधिक हुने मौका मिल्यो!
उच्च लागत को दाना ले पशुपालन थाम्दैन भन्नी कुरो मा प्राय सबैको एकमत देखियो ! बाह्रै मास सन्तुलित घाँस उपलब्धता बढाउनु वाहेक का जुनसुकै वैकल्पिक आहारा ले पशुपालन गर्नु आत्मघाती सावित भइसकेको छ !
पशुपालन संग सम्बन्धित निकाय र हामी पशुपालन संग सम्बन्धित विविध विधा का किसान ले पनि आ आफ्ना सीमितता हुँदा हुँदै पनि पशु पालन का लागि आवस्यक पशु आहारा घाँस मा आत्मानिर्भर हुन/बनाउन लाग्नु को विकल्प छैन ! हरेक ले आफू के सक्छौ त्यो गर्दै जाऔं





