ॐस्वस्ती गौ:श्री: कृषिवन शिवाै वेदा:
🍀🐂🍀
सन्तुलित दिगो घाँस खेती गर्ने सुत्र…..
नियमीत सन्तुलित पशु आहारा नियमित आपुर्ति हेतु पशुपालक किसान ले कोसे अकोसे हउँदे वर्षे बहुबर्से घाँस तथा डालेघाँस सन्तुलित सन्तुलित रूपमा लगाउन पर्दछ!
कृषिवन श्रोत केन्द्र ले विगत थुप्रै वर्ष को अनुभव र थुप्रै जाति प्रजाती का घाँस बाट धेरै उत्पादकत्व,पोषण भएको मौसम अनुकूल भएका घाँस हरू छान्दै छन्दै निम्न मुख्य उन्नत घाँस(Key species) हरू भूगोल मौसम अनुसार सम्रिषण गरी रोप्न छर्न/ घाँस खेती गर्न आवश्यक सुझाब सहीत श्रोत बीउ बिरुवा प्रबर्दन गरिरहेछ!
तराई देखि मध्य पहाड सम्म
सुपर नेपियर र ग्रीन लिफ डेस्मोडियम वा ग्लाइसिन
सुम्बा सेटेरिया,पास्पालम एट्राटम र लि-ज्वाइन्ट भेच वा ग्लेन ज्वाइन्ट भेच
मुलाटो- कृषिवन पि नट वा पाल्पा स्टाइलो वा फरेज पिनट
मध्य पहाड देखि मास्तिर लेक सम्म
राई घाँस र रेड क्लोभर
कृषिवन फालारिस र माकु लोटस
कक्सफुट र रेड क्लोभर
टल फेस्क्यु र लुसर्न
फक्स टेल र हाई अल्टिच्युट पिनट
किक्यु र स्ट्रबेरी क्लोभर
यसका साथमा जमीन का डील कान्ला आलीमा डाले पोथ्रे बुट्यान घाँस लगाउन सकिन्छ !
अनि थप हिउदे बर्खे सिजनल घाँस खेती गरिए बाह्रै मास हरियो घाँस आफ्नो पशु लाई आपूर्ति गर्न सकिन्छ र पशु आहारा घाँस मा आत्मनिर्भर भएपछि पशु पाल्न असहज पनि हुँदैन,उत्पादन लागत पनि न्यूनीकरण गरी स्वस्थ प्रतिस्पर्धी पशुजन्य उपज उत्पादन गर्न सम्भव हुन्छ।
विस्तारै विस्तारै सन्तुलित पशु आहारा घाँस खेती बारे कृषक माझ सचेतना वृद्दि हुँदैछ र द्रुत गती मा बृद्दी हुन जरुरी पनि छ !
“अकोसे नेपियर घाँस संग कोसे घाँस ग्रीन लिफ डेस्मोडियम, अकोसे घाँस सुम्बा सेटारिया, पास्पलाम एट्राटम् संग कोसे घाँस ली ज्वाइन्ट भेच र अकोसे घाँस मुलाटो-२ संग कोसे घाँस स्टाइलो पाल्पा र कृषिवन पी नट , फरेज पिनट मिसाई लगाउँदा बर्खा भरी को आठ महिना सन्तुलित हरियो घाँस् आपूर्ति गर्न सकिन्छ ।
यसरी घाँस को प्राकृति आनुसार मिल्दो कोसे अकोसे घाँस मिलाई खेती गरे उत्तम हुनेछ” ।
यसरी नै सन्तुलित घाँस खेति गर्न चाहनु हुने लेक बेंसी तराई का पशुपालक महानुभाव ज्यू हरुले काभ्रेपाञ्चोक, साँगा स्थित कृषिवन श्रोत केन्द्र बाट घाँसका स्रोत बीउ बिरुवा हरू अर्डर गरी लिन सक्नु हुनेछ , सम्पर्क ९८५१३१००७० ,९८४१३८२३७०🙏🇳🇵💚🐂🐐🐃🐓🦆
