कृषिवन खेती पद्दती
कृषिवन एउटा यस्तो पद्धति हो जुन कृषि फाराम अथवा घरबगैँचाको दिगो उत्पादनको लागि गरिने ढाँचा सँग सम्बन्धित छ । यस पद्धितिमा कृषि प्रणालीलाई वन पारिस्थितिकीय प्रणालीको जस्तो स्वतः रूपमा परिचालित प्रणालीमा रूपान्तरण गर्ने प्रक्रियाहरू, पद्धतिहरू र प्रविधिहरूको समायोजन गरिएको हुन्छ । कृषिवन पद्धतिबाट गरिने फार्मको ढाँचामा निम्न कुराहरूलाई ध्यान दिइएको हुन्छ ।
- फार्मको विभिन्न अंशहरूमा के राख्ने (जस्तैः कुन बाली लगाउने, कुन संरचना बनाउने आदी) भन्ने कुराहरूको निर्धारण गर्दा उर्जाको कम खपत र प्रयोग हुने सिद्धान्त अपनाईको हुन्छ ।
- यस पद्धतिमा बाह्य कृषि सामग्रीहरूको प्रयोग प्रोत्साहन गरिदैन । सम्भव भए सम्म यस पद्धतिले स्थानीय ज्ञान, सीप र स्रोतको परिचालनमा ध्यान दिन्छ ।
- यस पद्धतिमा बनको नक्कल गरिन्छ किनकी बन एक स्वचालित पारिस्थितिकीय प्रणाली हो जसमा विविधता छ, हरेक अंशहरू आफैमा काम गरिरहेका हुन्छन्, जहाँ बाहिरी सामाग्रीहरूको जरुरी हुँदैन । त्यसैले कृषिवन पद्धतिमा पर्यावरणीय सिद्धान्तका आधारमा माटोको व्यवस्थापन, रोगकीराहरूको व्यवस्थापन र पानीको व्यवस्थापन गरिएको हुन्छ ।
- यस पद्धतिमा सके सम्म एउटा प्रविधि वा सामाग्रीबाट बढी प्रयोग गर्न सकिने अवसरहरूको खोजी गरिन्छ । रैथाने गाईमा आधारित प्रांगारिक खेती प्रविधिहरू यस पद्धतिका लागि अपरिहार्य हुन्छन् ।
- बालीको विविधता र बहुबर्षीय बाली तथा रुखहरू पनि यस पद्धतिका अभिन्न भागहरू हुन् र एउटै जमीन मा विविध बहुतले खेती गरी आवस्यक कृषिवन उपज उत्पादन गर्नु हो ।
- जय_कृषिवन🙏🇳🇵💚🐂
